तपाईँ सुन्दै हुनुहुन्छः

वर्षात कारण विभिन्न ठाँउमा घर भत्किदा लाखौंको क्षति

धनकुटा । धनकुटामा निरन्तर वर्षात कारण विभिन्न ठाँउमा घर भत्किदा लाखौंको क्षति भएको छ । धनकुटा महालक्ष्मी नगरपालिका वडा नं ५ रामबजारमा विजय साहको ढुंगामाटोले बनेको टिनको छाना भएको २ तले घर भत्किदा ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

आज बिहान परेको पानीका कारण ११ बजेर ४० मिनेटको समयमा घर भत्किएको प्रहरीले जनाएको छ । उद्धारका लागि लेगुवा प्रहरी कार्यालयको कमाण्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

त्यस्तै आज मध्यान्ह १२ बजे धनकुटा नगरपालिका ५ बिहिबारे हटिया नजिक बस्ने चान बहादुर लिम्बुको ढुंगा माटो र इट्टाले बनेको टिनको छाना भएको २ तले कच्ची घर भत्किदा १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

घरभित्र रहेको लत्ताकपडा, सरसामान र काठहरु बाहिर निकालिएको छ । घटनामा कुनै मानवीय क्षति भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button