वीपी प्रतिष्ठानमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक जना कानेपोखरी–१ मोरङका ५५ बर्षीय पुरुष छन् भने अर्का प्रदेश नं २ को सप्तरी जिल्लाका ७० बर्षीय पुरुष छन् ।
प्रतिष्ठानका अनुसार राजविराज–३ सप्तरीका ७० बर्षीय पुरुषको बहिबारे राती ११ बजे मृत्यु भएको हो । उनलाई भदौ २८ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको र ज्वरो, खोकी, श्वासप्रश्वास र निमोनिया भएपछि उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले वीपीमा रिफर गरिएको थियो ।
यस्तै, मोरङ कानेपोखरीका ५५ बर्षीयको बीहबार साँझ ८ बजे निधन भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।
उनको आन्द्राको क्यान्सर भएर सल्यक्रिया भएको र शरीरको अन्य भागमा पनि फैलिएको अवस्थामा आइसियुमा उपचाररत थिए ।पिसिआर पोजेटिभ भएपछि उनी कोभिड अस्पतालमा भर्ना भएका थिए ।
योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने सङ्क्रमितहरुको सङ्ख्या ३३ पुगेको पनि प्रतिष्ठानले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्