बारबर्दिया नगरपालिकामा ५ दिन लकडाउन
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण तिब्र रुपमा फैलिने क्रम बढेकोले पाँच दिन लकडाउन गर्ने निर्णय गरेको छ ।
पालिकाको सि.सि.एम.सि.को आकस्मिक बैठक बसि असोज ९ गते राती १२ बजेदेखि १४ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
कोरोनाका कारण वडा अध्यक्षको मृत्यु भइसकेको र पालिका भित्रमा सङ्क्रमितहरुको संख्या बढदै गएकोले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामका लागि ५ दिनको लागि लकडाउन गर्ने निर्णय गरेको बारबर्दिया नगरपालिकाका नगरप्रमुख तथा सि.सि.एम.सि.का अध्यक्ष दुर्गाबहादुर थारुले जानकारी गराउनु भएको छ ।
बारबर्दिया नगरपालिका क्षेत्र भित्रका स्वास्थ्य संस्था सबै पसल, यातायात तथा कार्यालय बन्द रहने बारबर्दियाका कोरोना फोकल पर्सन गोबिन्द पौडेलले जानकारी गराउनु भएको छ ।
बारर्दियामा हाल कोरोनाका कारण एक जनाको मृत्यु, ३३ जना सक्रिय कोरोना पोजेटिभ र ३१ जना कोरोना जितेर घर फर्किएका छन् ।








प्रतिक्रिया राख्नुहोस्