आफ्नै घरको छतबाट लडेर एक जना वृद्धको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० सुकासालमा आफ्नै घरको छतबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।
सुकासालका ८० वर्षीय वृद्ध गम्भीर चन्दको बिहीबार बिहान आफ्नै घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्