सप्तरीमा थप एक सङ्क्रमित कर्मचारीको मृत्यु

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत एक कार्यालय सहयोगको मृत्यु भएको हो ।
भदौ ३१ गते सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका ५५ वर्षीय सत्यनारायण यादव कोरोनाकै कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सुचना अधिकारी आनन्द ठाकुरले जानकारी दिनुभयो ।
मृतक यादव लामो समयदेखि प्रमुख जिल्ला अधिकारीको निवासमा भान्सेको समेत काम गर्दै आएका थिए । योसँगै सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्