अवरुद्ध नारायणगढ- मुग्लिन सडक खण्ड सञ्चालनमा

चितवन । बुधबारदेखि चारकिलोमा पहिरो गएर पटक पटक अवरुद्ध बनेको सडक पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ ।
उक्त स्थानमा आज बिहान ८ः३० बजेपछि दुबैतर्फी आगमन बन्द गरेर पहिरो पन्छाएपछि मध्यान्ह १२ बजेर ५ मिनेटमा सञ्चालनमा आएको ट्राफिक कार्यालय, चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले झण्डै चार घण्टापछि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
‘चारकिलोमा लेदोसहितको अलि ठूलो पहिरो पन्छाइएको छ, उहाँले भन्नुभयो, अन्य तीन ठाउंँमा भने एकतर्फी सञ्चालनमा आएको छ ।’
उहांँका अनुसार कुरिनटारको धारापानी, सत्र किलो र पांँच किलोमा एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ ।
अविरल बर्षाका कारण यो क्षेत्रमा केही दिनदेखि पहिरो निरन्तर गइरहेको छ र पहिरो पन्छाउंँदै सडक सञ्चालन गरिंदै आएको छ । यो सडक खण्ड भएर दैनिक सरदर १५ हजारसम्म सवारी साधन गुड्ने गदर्छन ।








प्रतिक्रिया राख्नुहोस्