तपाईँ सुन्दै हुनुहुन्छः

दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि डिभिजन वन कार्यालय सिल

सल्यान । डिभिजन वन कार्यालय सल्यानमा कार्यरत दुई कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वन कार्यालय सिल गरिएको छ ।

वन रक्षक र कार्यालय सहयोगीलाई कोरोना पोजेटिभ देखिएपछि कार्यालय सिल गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि डिभिजन वन कार्यालयसहित तीन सव डिभिजन वन कार्यालय सिल गरिएको डिभिजन प्रमुख रेमश गिरीले जानकारी दिनुभयो ।

सङ्क्रमित कर्मचारीको सम्पर्कमा रहेका सव डिभिजन वन कार्यालय शारदा नगरपालिका, बागचौर नगरापलिका र सिद्ध कुमाख गाउँपालिका सिल गरिएको उहाँको भनाई छ ।

नेपालगञ्जबाट उपचार गरेर फर्किएका उनीहरुमा कोरोना सङ्क्रमण देखिएको हो । उनहरुलाई नेपालगञ्जमा उपचारको क्रममा कोरोना सङ्क्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । उनीहरुलाई अहिले लुहापिङको आइसोलेसन कक्षमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button