खोलाले जीप वगाउदा १ को मृत्यु, २ वेपत्ता,
कपिलवस्तु । कपिलवस्तुको कोइली खोलामा कजवे पार गर्ने क्रममा बाढीले जीप बगाउदा १ जनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन् ।
नेपाल विद्युत प्राधिकरण तौहिवा वितरण केन्द्रको जीप कोइली खोलाले बगाउदा चालक ३५ वर्षीय माधव प्रसाद पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वेपत्ता हुनेमा विद्युत वितरण केन्द्र चार नम्बरका प्रमुख कृष्ण प्रसाद पौडेल र केशव भाट क्षेत्री रहेका प्रहरीले जनाएको छ ।
जीपमा सवार ६ जना मध्ये ३ जनाले पौडी खेलेर ज्यान जोगाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्