६ जना काठ तस्कर पक्राउ
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ कुण्डा स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट काठ तस्करी गर्ने ६ जनालाई पक्राउ गरिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाल प्रहरी र स्थानीय नागरिकको संयुक्त टोलीले गएराति तीन ओटा ट्रयाक्टरमा लोड गरिएका ७ ओटा काठका गोलिया सहित ६ जनालाई पक्राउ गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।
उनीहरुमाथी थप अनुसन्धान गरी कानुन बमोजिम कारबाही हुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्