२ महिलासहित ४ लागुऔषध कारोबारी पक्राउ
कपिलवस्तु । सिमावर्ती नाका कपिलवस्तुको कृष्णनगरमा भारत लाने तयारीमा रहेको ३७ किलो चरेशसहित २ जना महिला पक्राउ परेका छन् ।
बुधबार दिउँसो २ बजे विशेष सुराकीको आधारमा प्रहरीले मकवानपुर मनोहरी गाउँपालिका–९ की ४० वर्षीया शान्ती तामाङ र साविक जिल्ला रोल्पा उवा गाबिस–५ घर भई हाल कपिलवस्तु शिवराज नगरपालिका–५ बानियाभरकी ३५ वर्षीया बसन्ती घर्तीलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
ती महिलाहरुले झोलाभित्र प्लाष्टिकको झोलामा लुकाएर चरेश राखेका थिए । नियन्त्रणमा लिईएका महिलालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको र अन्य थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै २ दिन अघि कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादपुरमा २७ ग्राम ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतको सिद्धार्थनगर जिल्ल थाना सोहरतगढ पोष्ट ग्राम सोहरतगढका २५ वर्षीय लल्लु भन्ने नियाज धुनिया र २० वर्षीय अजमेरी धुनिया २७ ग्राम ब्राउन सुगर सहित पक्राउ परेका हुन् ।
विशेष सुराकीका आधारमा दुबै जनाको खानतलासी गर्दा ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्लाष्टिकमा राखी धागोले बेरिएको ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ फेला पारिएको थियो ।
पक्राउ गरिएको दुबै जनामाथि लागुऔषध मुद्दामा अदालतबाट म्याद थपेर हिजो कारबाही प्रकृया अघि बढाईएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्