तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन प्रर्वद्धनमा युवाको चासो

स्याङ्जा । कोरोना सङ्क्रमणका कारण यतिबेला युवाहरु आफ्नै जन्मथलोमा छन् । कोरोनाका कारण अधिकांश युवाहरु शहर छाडेर आफ्नै जन्मथलो ग्रामिण क्षेत्रमै छन् । गाउँघरमै जम्मा भएका युवाहरु अहिले पर्यटन प्रर्वद्धनमा जुटेका छन् । प्रथम प्याराग्लाईडिङ विश्वकप प्रतियोगिता समेत भइसकेको भीरकोट नगरपालिका–५ को स्वरेक मैदानमा यसको संरक्षणमा युवाहरुले चासो दिएका हुन् ।

युवा एकता–भविस्यको प्रतिरक्षा मुल नारा बनाइ अगाडि बढेको भिरकोट युवा आवाजको सक्रियतामा पर्यटकीयस्थल मैदान सरसफाई गरिएको हो ।

मैदानलाई पर्यटकीयस्थलको रुपमा थप विस्तार गर्न डिपिआर तयार भइरहेको र पर्यटकीयस्थललाई चारैतिरबाट तारबार गर्ने, अन्य भौतिक संचरना विस्तार गर्ने वडा अध्यक्ष यामप्रसाद अधिकारीले बताउनुभयो ।

प्रदेशको उत्कृष्ठ पर्यटन गन्तव्यको रुपमा रहेको मैदानमा युवाहरुको चासो जानु सकरात्मक पक्ष भएको भन्दै अध्यक्ष अधिकारीले पर्यटनका माध्यमबाट स्थानीयको जिवनस्तर उकासिने बताउनुभयो ।

भौतिक दुरी कायम गराई स्वास्थ्य सुरक्षा मापदण्डको प्रयोग गरी ४० जनाको सहभागितामा गरिएको सरसफाइमा कुहिने र नकुहिने फोहोर संकलन गरिएको छ ।

आन्तरिक तथा बाह्य गन्त्व्यको आर्कषणको रुपमा रहेको मैदानमा दैनिक पर्यटक जाने गरेका छन् । पर्यटकहरुले फालेका फोहोरहरु संकलन गरी व्यवस्थापन गरिएको आवाजका संस्थापक अध्यक्ष कृष्ण अर्यालले बताउनुभयो ।

पर्यटकीय स्थलहरुमा डस्टिबनको व्यवस्था गर्न नगरपालिकालाई अनुरोध गरिएको र भीरकोटका पर्यटकीय गन्तव्यलाई सफा राखिने क्लबका अध्यक्ष सुनिल अर्यालले बताउनुभयो ।

सचिब सरोज अधिकारीले पर्यटननै विकासको मेरुदण्ड भएकाले पर्यटनको विकास आवश्यक रहेकाले यसको संरक्षणमा युवाहरु एक जुट भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button