रेडियो नेपाल र भूमि व्यबस्थापन तथा अभिलेख विभागबीच कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

काठमाडौँ । भूमिको व्यबस्थापन र अभिलेखीकरणबारे जनचेतना जगाउने उद्देश्यले रेडियो नेपाल र भूमि व्यबस्थापन तथा अभिलेख विभागबीच कार्यक्रम सञ्चालन सम्बन्धी आज एक सम्झौता भएको छ ।
सम्झौतामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र भूमि व्यबस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडलले हस्ताक्षर गर्नुभयो ।
रेडियो नेपालबाट प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार बेलुका ७ बजेर ४० मिनेटमा कार्यक्रम भूमि प्रशासन प्रविधि र सुशासन प्रसारण हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्