तपाईँ सुन्दै हुनुहुन्छः

मुलुककै ठुलो आइसोलेशन सेन्टरमा पाँच लाख मुल्य बराबरका सामाग्री प्रदान

सप्तरी । मुलुककै ठुलो आइसोलेसन सेन्टर साइकृष्ण मेडिकल कलेजलाई कोरोना संक्रमितहरुको प्रयोजनका लागि पाँच लाख मुल्य बराबरको स्वच्छता एवं स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

आज आइसोलेशन सेन्टरमै पुगेर वेल्थ हंगर हाइलाइभ, महुली सामुदायिक विकास केन्द्र तथा सबल नेपाल नामक संस्थाका प्रतिनिधिले संयुक्त रुपमा पाँच लाख मुल्य बराबरको स्वच्छता एवं स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

गैसस महासंघ सप्तरीको समन्वय तथा राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवको विशेष उपस्थितिमा महुली सामुदायिक विकास केन्द्रका निर्देशक प्रभुनारायण चौधरी र सबल नेपालका निर्देशक दिपक झाले संयुक्त रुपमा उक्त परिमाणको सामाग्री आइसोलेशन व्यवस्थापन समितिका प्रमुख समेत रहेका गजेन्द्र नारायण सिंह अस्पतालका निमित्त प्रमुख डाक्टर रन्जित झालाई हस्तान्तरण गरेका छन् ।

संक्रमितहरुको प्रयोजनका लागि प्रदान गरिएको सामाग्रीहरुमा तौलिया, साबुन, टुथपेस्ट, ब्रस, सेनिटाइजर, सर्जिकल मास्क, हर्पिक, नेलकटर, पानी खाने फिल्टर तथा महिला संक्रमितहरुका लागि सेनेटरी प्याड लगायतका सामाग्री रहेको अस्पतालका निमित्त प्रमुख झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button