तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले बडिगाडमा ५ परिवार विस्थापित, मध्यपहाडी लोकमार्ग अवरुद्ध

तस्बिरः कमल पौडेल
बागलुङ । पश्चिम बागलुङको बडिगाड राक्सेमा सडक माथिदेखि पहिरो खस्दा पाँच परिवार विस्थापित भएका छन् ।
सोमबार साँझ खसेको पहिरोले स्थानीय वीर बहादुर घर्ती, धनबहादुर थापा, दुर्गा अर्याल, जितबहादुर विक र गोविन्द अघिकारीको घरमा क्षति पुगेपछि उनीहरू आफन्तको घरमा बसेको बडिगाड गाउँपालिका २ का वडा अध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिनुभयो ।
पहिरोको कारण मध्यपहाडी पुष्पालाल लोकमार्ग अवरुद्ध भएको छ । पहिरोले खर्वाङदेखि न्वारासम्मको सडक अवरुद्ध भएको बडिगाड गाउँपालिका वडा नं. २ का वडाध्यक्ष  शेरचनले बताउनुभयो ।
पहिरोले लोकमार्ग अवरुद्ध भएपछि बुटवल, पोखरा, बागलुङ बजार हुँदै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका लागि छुटेका सवारी अलपत्र परेका छन् ।
तस्बिरः कमल पौडेल

प्रतिक्रिया राख्नुहोस्

Back to top button