तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी र पाकिस्तानका राजदूतबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले आज राष्ट्रपति भवन, शीतल निवासमा बिदाइ भेट गर्नुभएको छ ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा पाकिस्तानका राजदूतलाई बधाई दिनुहुदैं भविष्यमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपाल र पाकिस्तानबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तारका लागि पारस्परिक सहकार्यको सम्भावना रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिँदै आएको विचार व्यक्त गर्र्नुुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button