तपाईँ सुन्दै हुनुहुन्छः

११ करोडको लागतमा गार्मेन्ट उद्योग सञ्चालन

वीरगञ्ज । भारत तथा तेश्रो मुलुकबाट आयात हुने कपडा तथा तयारी पोशाकलाई निरुत्साहित गर्न वीरगञ्जका युवा व्यवसायिहरुले तयारी पोशाक उत्पादन गर्ने गार्मेन्ट उद्योग सञ्चालन गरेका छन् ।

लकडाउनको बेला भारत तथा तेश्रो मुलुकबाट कपडा तथा तयारी पोशाक आयात प्रभावित भएसँगै नेपालमै तयारी पोशाक उत्पादन गर्नका लागि ११ करोडको लागतमा आधुनिक प्रविधियुक्त नोवेल टेक्सटाइल्सको थप अर्को प्लान्ट स्थापना गरिएको उद्योगका संचालक मध्येका युवा व्यवसायी रमेश गाडीयाले बताउनुभयो ।

स्वीजरल्याण्ड तथा चीनबाट आयातित ५ वटा अत्याधुनिक गार्मेन्ट मेसिनहरुले कार्तिक देखि तयारी पोशाक उत्पादन शुरु गर्ने अर्का संचालक गणेश लाठले जानकारी दिनुभयो । उद्योगले टीसर्ट, ट्र्याक सुट, लेगिज, सर्ट, पाईन्ट लगायत कपडाहरु तयारी गर्ने जनाईएको छ ।

भारत तथा तेश्रो मुलुकबाट आयात गरिने रेडिमेड कपडा तथा तयारी पोशाकको आयातलाई घटाउन सरकारले स्वदेशी तयारी पोशाक उत्पादन गर्ने उद्योगलाई प्रवर्द्धन गर्नुपर्नेमा व्यवसायिहरुले जोड दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button