शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा विद्यालय सञ्चालन
बैतडी । बैतडीको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गरेका छन् ।
कोभिड–१९ का कारण लामो समयदेखि विद्यालय सञ्चालन नहुँदा बालबालिकामा असर परेकाले विद्यालय सञ्चालन गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो ।
गाउँपालिकामा केही दिन अघि बसेको बैठकको निर्णय अनुसार आजदेखि गाउँपालिकाभरीका विद्यालय सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
यस्तै पञ्चेश्वर गाउँपालिकाले पनि विद्यालय सञ्चालन गरेको जनाएको छ । लामो समयसम्म विद्यालय बन्द हुँदा शैक्षिक गतिविधिमा असर पर्ने भएकाले आजदेखि विद्यालय सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्