विराट मेडिकल कलेजमा ३७ वर्षीय कोरोना सङ्क्रमित महिलाको मृत्यु

सुनसरी । कोरोना सङ्क्रमणका कारण विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज थप एक महिलाको मृत्यु भएको छ ।
ताप्लेजुङ स्थायी ठेगाना भएकी ३७ वर्षीय महिलाको सोमबार बिहान ९ ः४५ बजे मृत्यु भएको हो ।
विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक महिलामा कलेजो सम्बन्धि गम्भिर समस्या थियो महिला ३० भदौमा विराट मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।
महिलालाई आफन्तले सुरुमा नोबेल मेडिकल कलेजमा भर्ना गराएकोमा नोबेलमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि विराट मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएको थियो । विराटमा आइसीयूमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्