तपाईँ सुन्दै हुनुहुन्छः

एकै दिन ४८ जना फरार प्रतिवादी पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिन ४८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

कार्यालयले आइतबार कर्तव्य ज्यान, हाडनाता करणी, लागु औषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट लुटपिटलगायतका बिभिन्न मुद्धका फरार रहेका ४८ जना प्रतिवादीहरूलाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

पक्राउ पर्नेहरुमा हाडनाता करणी मुद्धामा दुई बर्ष कैद तोकीएका बिगत २३ बर्षदेखि फरार रहेका हरिनाश गाउँपालिका–५ का ६४ वर्षीय कर्ण बहादुर मह भन्ने कर्ण बहादुर भट्टक्षेत्री, सवारी ज्यान मुद्धामा दुई बर्ष कैद तोकिएर बिगत १५ बर्षदेखि फरार रहेका चापाकोट नगरपालिका–४ का ४५ वर्षीय भक्त सुनारी मगर र डाँका चोरी मुद्धामा ६ बर्ष कैद तोकिएका बिगत १० बर्ष देखि फरार रहेका हरीनास गाउँपालिका–१ का ६२ वर्षीय लाल बहादुर नाम्जालीलगायत रहेका छन् ।

उनीहरुलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको अधिकारीले बताउनुभयो ।

पक्राउ परेका प्रतिवादीलाई स्याङ्जा जिल्ला अदालतमा पेश गरिएकोमा बाँकी कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विगत देखि नै फरार प्रतिवादी पक्राउ अभियान नै चलाएको छ । अभियान अन्तर्गत विगत एक महिनामा बिभिन्न मुद्धाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरी अदालतमा पेश गराइएको प्रनाउ अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button