बागलुङमा पाँच स्वास्थ्यकर्मीसहित १४ जनामा कोरोना सङ्क्रमण पुष्टि
बागलुङ । बागलुङमा पाँच जना स्वास्थ्यकर्मीसहित १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ढोरपाटन नगरपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालका तीन जना र निजी मेडिकलमा काम गर्ने दुई जना स्वास्थ्यकर्मीसहित १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये दुई जना नगरपालिकाका कर्मचारी, एक जना नेपाल बैंक बुर्तिबाङ शाखाका कर्मचारी, दुई जना होटल व्यवसायी र अर्का एक जना इलेक्ट्रिक पसल गर्ने व्यवसायी हुन् ।
बाँकी सबै भारतबाट आई क्वारेन्टाईनमा रहेकाहरु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सङ्क्रमितमध्ये सात जना पुरुष र सात जना महिला छन् । भदौ १७ गतेको बाढी पहिरोपछि ढोरपाटनमा राहत लिएर जानेहरुको ठुलो भीड लाग्ने गरेकोले जोखिम बढेको स्थानीयले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्