तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा भेटियो ऐतिहासिक गुफा,प्रर्बद्धनमा स्थानीयतहको चासो

जुम्ला- जुम्लामा नयाँ ऐतिहासिक गुफा भेटिएको छ । यहाँको तातोपानी गाउँपालिका वडा नं. ४ को भलखोला वनमा ऐतिहासिक गुफा भेटिएको हो । ऐतिहासिक महोत्व झल्काउने खालका आाकृति भएको ठुलो गुफा भेटिएको ४ नम्बर वडाध्यक्ष धिरज जैशीले बताउनु भयो ।

वडाध्यक्ष जैशीका अनुसार नयाँ भेटिएको गुफा भित्र शेष नाग सहितका पुरातात्विक ढुंगामा कुदिएका विभिन्न आकृतिहरु समेत भेटिएका छन् ।
वडाध्यक्ष जैशीले भन्नुभयो,“स्थानीयहरु गएर गुफामा पुजापाठ गरेर पनि फर्कि सकेका छौ । गुफाभित्र, शेषनागको आकृति,तीन किसिमको आवाज आउने मादल जस्तै ढुंगा, प्रवेशद्धारमा दुईवटा बाघको आकृति समेत रहेको छ । भने, शेषनाघको शिरमा माथिबाट पानीका थोपा चुहिने गरेको पाईएको छ ।”


यसैगरी सो गुफा भेटिएपछि वडाध्यक्ष धिरज जैसी, गैसस महासंघ जुम्ला अध्यक्ष तथा स्थानीय अमर रोकाया, पुर्व अध्यक्ष दुर्गा प्रसाद पाण्डे, धामी भाक्री, मुङलेरी सहित पुजाआजा गरी फर्किएको गैसस महासंघ जुम्लाका अध्यक्ष रोकायाले बताउनुभयो । उहाँका अनुसार यसको पहिचान भएको छ । उहाँका अनुसार २०७७ साल असोज २ गते गिडिखोला गाउँका सम्पूर्ण महानुभावहरु त्यहाँ पुगेका थिए ।

यता तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यापाने भन्छन,“तातोपानी आफैमा प्राकृति स्रोतको धनी छ,त्यसैमाथि पर्यटकिय स्थल पनि धेरै छन् । ४ नं. वडामा भेटिएका गुफाले तातोपानीको पर्यटन प्रर्बद्धनमा ईट्टा थपेको छ ।” उक्त गुफा प्रर्बद्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउन स्थानीय सरकारले विशेष चासो लिएको छ । यदपी, पालिकाका टोली गएर उक्त गुफा अध्यायन अवलोकन गर्न भने बाँकी नै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button