तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङकी सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

बागलुङ- बागलुङको गल्कोट नगरपालिका ११ रिघा की २५ वर्षीया सुत्केरी महिलालाई अत्याधिक रक्तश्रावको कारण समस्या भएपछि हेलिकप्टरबाट उद्धार गरि पोखराको गण्डकी अस्पतालमा पुर्याइएको छ ।

सुत्केरी बेथा लागेपछि आइतवार राति रिघा स्वास्थ्य चौकी पुगेकी गौरी श्रीसको रातको १ बजे बच्चा जन्मिएको थियो। तर अत्याधिक रक्तश्राव संगै ज्वरो र वोमिट समेत भएपछि श्रीसलाई तत्कालै पोखरा रिफर गरिएको रिघा स्वास्थ्य चौकी प्रमुख एच.ए. लक्ष्मी घर्ति श्रीसले जानकारी दिनुभएको छ।

दुर्गममा रहेका महिलाहरुको ज्यान बचाउने उद्धेश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा श्रीसको उद्धार गरिएको हो।

पहाडि जिल्ला र उपयुक्त स्वास्थ्य सेवाको अभावको कारण जटिल मातृ स्वास्थ्य सम्बन्धि समस्या भएका महिलालाई हेलिकप्टर बाट उद्धार गरि अन्यत्र लैजानुपर्ने वाध्यता रहँदै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button