‘खेलाडीलाई प्राथमिकतामा राखेर मात्रै कर्मचारीको तलब वृद्धि गर्नुपर्छ’
काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमका व्यवस्थापक मधुशुदन उपाध्यायले खेलाडीलाई प्राथमिकतामा राखेर मात्रै कर्मचारीको तलब वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सदस्य समेत रहनुभएका उपाध्यायले खेलाडीलाई प्राथमिकतामा राखेर तलब वृद्धि गरेपछि मात्रै कर्मचारीको बिषय अघि बढाउनुपर्ने बताएउनुभयो ।
राष्ट्रका लागि खेल्ने खेलाडीको तलबमा वृद्धि नगरेर कर्मचारीको प्रक्रिया अघि बढाउँदा बाहिर राम्रो सन्देश नजाने र सो बिषय उपयुक्त समेत नहुने व्यवस्थापक उपध्याको सुझाब थियो ।
एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले ५२ सालमा अध्यक्षमा निर्वाचित भएपछि खेलाडीलाई तबल दिन सुरुवात गनुर््भएको थियो ।
सुरुवाती चरणमा १५ सयबाट तलब सुरु गरेर थापाले १५ हजार सम्म पुर्याउनुभएको थिायो । भ्रष्टाचारको आरोपमा थापा फिफाबाट प्रतिबन्धमा परेपछि एन्फाको नेतृत्वमा नरेन्द्र श्रेष्ठ हुँदै कर्माछिरिङ शेर्पा आईपुगेका छन् ।
तर, लामो समय बितिसक्दा समेत खेलाडीको तलब बढ्न सकेको छैन । हाल पुरुष खेलाडीले एन्फाबाट मासिक १५ हजार र महिला खेलाडीले ७ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् ।
भर्खरैमात्र कर्मचारी नियमावली आएसँगै एन्फाले आफ्ना कर्मचारीको तलब बढाउने तयारी गरिरहेको छ । नियमावली कार्यान्वयनमा नआउँदा कर्मचारीले साउन यताको तलब समेत पाएका छ्रैनन् ।
केही समयअघि आएको कर्मचारी नियमावलीले विगतमा स्थायी रुपमा रहँदै आएका कर्मचारीले अब करारका आधारमा काम गर्नुपर्ने भएको छ ।
एसियाली फुटबल महासंघ एएफसीले कर्मचारीलाई ‘बेसिक’ पारिश्रमीक दिएर राख्नुपर्ने प्रस्ताब अगाडी सारेसँगै एन्फाले समेत आफ्ना कर्मचारीलाई करारमा राख्ने निर्णय गरेको हो । सामान्यतया कर्मचारीसंग एन्फाले ६ महिनादेखि २ वर्षसम्मको सम्झौता गर्नेछ ।
तर विगत लामो समयदेखि एन्फामा कार्यरत कर्मचारीले उपदान पाउनुपर्ने माग राखेपछि कर्मचारी नियमावली विवादमा आएको थियो । हाल एन्फाका १७ सदस्य निर्वाचित कार्यसमिति सदस्य बाहेक अन्य सबै कर्मचारीले सञ्चयकोष सहित तलबमा रहेका छन् ।
एन्फा कार्यसमितिबाट महासविच, कोषाध्यक्ष र मानार्थ सदस्यले तबल लिने परम्परा रहेकोे छ ।








प्रतिक्रिया राख्नुहोस्