ट्रकको ठक्करबाट बालिकाको मृत्यु
धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नं ६ महादेव वेशीमा कन्टेनर ट्रकको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।
काठमाडौबाट चितवनतर्फ जाँदै गरेको ना ३ ख ५१८३ नम्बरको डिब्बा ट्रकले ठक्कर दिँदा स्थानीय ३ वर्षिय बालिका सञ्चिता कार्कीको ज्यान गएको हो ।
घटनापछि केहीवेर अवरुद्ध भएको सबारी प्रहरी घटनास्थल पुगेर जाँचमुचुल्का गरेपछि सुचारु भएको छ । ठक्कर दिने कन्टेनर र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्