अछाममा चार वर्षका बालकसहित थप ९ जनामा कोरोना पुष्टि
अछाम । अछाममा आईतबार चार वर्षका बालकसहित थप ९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा अछामका थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।
अछामका रामारोशन गाउँपालिकाका विभिन्न वडाका ७ जना पुरुष र २ जना महिला गरी ९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनु भयो ।
रामारोशन गाउँपालिकाका ४, ५, १८, १९, २४, ५५ र ७३ वर्षका पुरुष तथा २५ र ५१ वर्षका महिलामा कोरोना भाईरसको संक्रमण देखिएको हो ।
प्रयोगशालामा १ सय ३३ जनाको स्वाबको कोरोना परीक्षण भएकोमा अछामका १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनुभयो ।
यो संगै अछाममा कोरोना संक्रमितको संख्या ९ सय ६३ पुगेको छ । जसमध्ये नौ सय पाँच जना निको भई घर फर्किसकेका छन् । अछामका ३ जनाको कोरोनाका कारण ज्यान मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्