तपाईँ सुन्दै हुनुहुन्छः

झापामा तत्काल विद्यालय नखोल्न जिल्ला प्रशासनको निर्देशन

झापा । जिल्ला प्रशासन कार्यालय झापाले अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ ।

झापाका केही स्थानीय तहले असोजदेखि विद्यालय सञ्चालनको तयारी गरिरहेका बेला प्रशासनको यस्तो निर्देशन आएको हो ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै शैक्षिक संस्था, परीक्षा, सबै प्रकारका सभा, गोष्ठी, सेमीनार, सबै प्रकारका प्रदर्शन, सिनेमा हल, पार्टी प्यालेस, सैलुन, व्यूटीपार्लर, जिम हाउस सञ्चालन नगर्न भनेको छ ।

गृह मन्त्रालयको निर्देशन र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति झापाको निर्णय बमोजिम शैक्षिक संस्था लगायत केही सेवाहरु अर्को सूचना नभएसम्मका लागि सञ्चालन नगर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button