तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न जिल्लामा सवारी दुुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न जिल्लामा सवारी दुुर्घटना हुँदा आज ४ जनाको मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–६ पारस नगरमा आज बिहान पिकअप भ्यानले मोटरसाइकललाई ठक्क दिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका –२३ का ३७ वर्षीय ज्योती दराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा मिनीबसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका –७ का २९ वर्षीय दिपेन्द्र अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते अधिकारीलाई उपचारका लागि अस्पतलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सर्लाही, ईश्वरपुर नगरपालिका–१३ घाट टोलस्थित भित्री सडकमा टिपरको टक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार साइकलमा सवार ३५ वर्षीय राजु पौडेललाई आज बिहान ट्रिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

सप्तरी, सुरूङ्गा नगरपालिका–५ कुसहामा गएराति पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–४ बिरनगर बस्ने २४ वर्षीय सुरज कुमार चौधरीको मृत्यु भएको छ ।

गएराति भएको दुर्घटनामा गम्भीर घाइते चौधरीको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button