तपाईँ सुन्दै हुनुहुन्छः

‘क्रियाकलापमा आधारित लेखा प्रणाली प्रभावकारी सावित’

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले हालै कार्यान्वयनमा ल्याइएको क्रियाकलापमा आधारित लेखा प्रणाली एकसाथ स्रोतगत, शीर्षकगत र क्रियाकलापगत खर्चको लेखाङ्कन गर्न सक्षम रहेको जनाएको छ ।

क्रियाकलापमा आधारित लेखा प्रणालीबाट सार्वजनिक कोषको यथार्थ अवस्था चित्रण गर्न र वित्तीय कारोबारको पारदर्शिता कायम गर्न सकिने महालेखा नियन्त्रक गोपिनाथ मैनालीले जानकारी दिनुभयो ।

कम्प्युटरमा आधारित लेखा प्रणालीले तीन तहका सरकारका प्रत्येक क्रियाकलाप र त्यसमा हुने खर्चको वास्तविक विवरणको लेखाङ्कन एवं प्रतिवेदन गर्ने र त्यसबाट चाहिएको प्रतिवेदन समयमै प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।

नेपाल सरकारले विकास साझेदारहरुसँग गरेको प्रतिवद्धतालाई समेत यस प्रणालीले कार्यरुप दिएकाले यो नेपालमा वित्त व्यवस्थापन सुधारमा युगान्तकारी घटना भएको महालेखा नियन्त्रक मैनालीले उल्लेख गर्नुभयो ।

वि.सं. २०१६ मा शुरु गरिएको सरकारी लेखा प्रणालीलाई कार्यान्वयनको झण्डै ६० वर्षपछि स्तरोन्नति गरी गत साउन १ गतेदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button