तपाईँ सुन्दै हुनुहुन्छः

खाडलमा डुबेर एक बालकको मृत्यु, २ घाइते 

वीरगञ्ज । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ३ गमहरियामा पानी जम्मा भएको खाडलमा डुबेर एक बालकको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

आज दिउँसो घर नजिकै खाडलमा जम्मा भएको पानीमा नुहान गएका रौतहटको गमहरियाका स्थानिय रामप्रवेश यादवको ५ वर्षीय छोरा रबी बिशन यादवको उपचारका लागि वीरगंज ल्याउने क्रममा विच बाटोमै मृत्यु भएको छ भने स्थानिय छोटेलाल यादवको ६ वर्षीय छोरा मेघनाथ यादव र ४ वर्षीय अमित यादवको बिरगंज स्थित नारायणी अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

उपचार गराएका मध्ये मेघनाथको अवस्थामा सुधार भई रहेको र अमितको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button