तपाईँ सुन्दै हुनुहुन्छः

विना स्वीकृति नदीजन्य पदार्थ सङ्कलन तथा उत्खननमा रोक

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले सोलुखोला र वेनी खोलामा बर्षातको पानीले बगाएर खोलको किनारमा जम्मा गरेको नदीजन्य पदार्थ सङ्कलन तथा उत्खननमा रोक लगाएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै बर्षातको पानीले थप गरेको ढुङ्गा, गिटी र बालुवा केही व्यक्ति र संस्थाले स्थानीय सरकारको स्वीकृति विना सङ्कलन र उत्खनन गरेको सूचना पाएकाले त्यस्ता कार्य पुर्ण रुपमा रोक्नका लागि अनुरोध गरेको छ ।

निर्माणाधीन हाइड्रोपावर क्षेत्र र विभिन्न ड्याममा जम्मा भएका नदीजन्य पदार्थ हाइड्रोपावरले प्रयोग गर्न चाहेपनि नगरपालिकासँग अनुमति लनुपर्ने जारी सूचनामा उल्लेख छ । विना स्वीकृति सङ्कलन तथा उत्खननको काम गरेको पाइए नदीजन्य पदार्थ जफत तथा कारबाहीको प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button