सिन्धु वेलफेयर सोसाइट अमेरिकाको तर्फबाट पहिरो पीडितलाई सहयोग
सिन्धुपाल्चोक । सिन्धु वेलफेयर सोसाइट अमेरिकाको तर्फबाट बाह्रविसे नगरपालिका–७ घुम्थाङको भिरखर्क पहिरो पीडितहरुलाई आर्थिक सहयोग गरेका छन् । तत्कालको लागि रु २ लाख ५० हजार सहयोग गरिएको हो ।
अमेरिकमा बसोबास गर्दे आएका सिन्धुबासीहरुले पहिरो पीडितहरुलाई पठाइएको सहयोग रकम बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रीनले पहिरो पीडितहरुलाई वितरण गर्नुभयो । सहयोग रकम पहिरामा आफन्त गुमाएकाहरुलाई ७ हजार ५ सय र विस्थापित ७० परिवार लाई २ हजार ५ सयका दरले हस्तान्तरण गरिएको उपमेयर पाख्रीनले जानकारी दिनुभयो ।
तत्कालका लागि थोरै भएपनि पीडितहरुलाई सहयोग गरिएको र अमेरिकामा रहने सिन्धुबासीहरुसँग पुनः रकम संकलन गरेर पठाउने तयारी भएको संस्थाकी अध्यक्ष छिरिङ तेन्जीङ लामाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्