गण्डकी प्रदेशमा आज थप ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि

पर्वत । गण्डकी प्रदेशमा आज थप ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपरास (बर्दघाट सुस्ता पूर्व) का ४५ जना, कास्कीमा १३ जना, तनहुँमा तीन जना, पर्वतमा दुई जना, स्याङजामा दुई र ंलमजुङमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या तीन हजार चार सय दुई पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोबिन्दु शर्माका अनुसार पर्वतको कुश्माका ३५ बर्षीय पुरुष नेपाली सेनामा कार्यरत जवान हुनुहुन्छ ।
पोखरा महानगरपालिका ४ का ४१ वर्षिय पुरुष पोखरा विश्वविद्यालयमा कार्यरत चिकित्सक हुनुहुन्छ ।
नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोटका ३७ बर्षीय महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ भने अन्य सबै कन्टयाक्ट ट्रेसिङबाट पहिचान हुनुभएको हो ।
सबै सङ्क्रमित व्यक्तिहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको डा.शर्माले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्