तपाईँ सुन्दै हुनुहुन्छः

क्यान कार्यसमितिको बैठक असोज ५ र ६ गते 

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले असोजको पहिलो साता कार्यसमितिको बैठक गर्ने भएको छ । कोरोना भाइरसको महामारीका बीच पनि जनजीवन सामान्य भएपछि क्यानले असोजको ५ र ६ गते कार्यसमितिको बैठक गर्ने भएको हो ।

यसअघि भर्चुअलबाट नै कार्यसमितीको बैठक गर्ने योजनामा रहेको क्यानले अवस्था खुकुलो भएपछि काठमाडौं बाहिर बैठक गर्ने भएको हो । सो बैठकले क्यानको साधारण सभाको मिति तोक्नेछ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बैठक हुने निश्चित भएको र सो बैठकले साधारण सभाको मिति तय गर्ने बताउनुभयो । क्यानमा नयाँ कार्यसमिति आएपछि साधारणसभा गर्न सकेको छैन ।

जसका कारण २१ दिने सूचना निकालेर चाँडो भन्दा चाँडो साधारण सभा गर्ने योजनामा क्यान छ । क्यानले पछिल्लो पटक संघको आर्थिक नियमावलीलाई परिमार्जन गर्ने तयारी गरेको छ ।

यसअघि विनयराज पाण्डे अध्यक्ष हुँदा बनाइएको आर्थिक नियमावलीमा धेरै बुँदा परिवर्तन हुनेछन्, त्यसलाई अन्तिममा साधारणसभाबाट परिमार्जित बुँदालाई पास गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button