भण्डारीको शल्यक्रिया सम्पन्न
काठमाडौं । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका राष्ट्रिय बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीको सफल शल्यक्रिया भएको छ ।
ललितका काठमाडौंमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा दायाँ खुट्टा र दायाँ हातको शल्यक्रिया भएको अस्पतालले जानकारी दिएको छ । ललितको शल्यक्रिया डा. चक्रराज पाण्डेको मेडिकल टोलीले गरेको हो । उनको हातको तीन भाग र खुट्टाको एक भागमा शल्यक्रिया भएको हो । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्