तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सङ्क्रमणका कारण थप सात जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या तीन सय ९० पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दुई जना महिला र पाँच जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौँकी ८५ बर्षीया महिला, र ललितपुरकी ६६ बर्षीया महिलाको मृत्यु भएको हो भने मोरङका ६६ र ६६ बर्षीय पुरुष, काठमाडौँका ८८ बर्षीय पुरुष, भक्तपुरका ८२ बर्षीय पुरुष, नवलपरासीका ३१ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

Image may contain: text that says '१०.गत गत २४ घन्टामा निधनको विवरण प्रदेश जिल्ला प्रदेश ૧ महिला (जना) मोरड पुरुष (जना) बागमती काठमाडों ६६ बर्षिय पुरुष ६६ बर्षिय पुरुष ζς वर्षिय पुरुष 5り वर्षिय महिला प्रदेश ५ ६६ वर्षिय महिला 5२ वर्षिय पुरुष ३१ बर्षिय पुरुष भक्तपुर ललितपुर नवलपरासी जम्मा: ७ २ आजसम्म निधन हुनेको जम्मा संख्या: ३९० हार्दिक समवेदना संक्रमितहुनेहरुवाट मृत्युको प्रतिशतमा: ०.६३% ५ ૧૧. अनुरोध कोरोना रोग र त्यसबाट श्रजित समस्याबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं ~~धन्यबाद~ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति: २०७७ आश्विन'

प्रतिक्रिया राख्नुहोस्

Back to top button