रतुवा खोलामा आएको बाढीका कारण दमकका केही बस्ति उच्च जोखिममा

झापा । रतुवा खोलामा आएको बाढीका कारण झापाको दमक १० स्थित सेतुमारी उच्च बस्तीनै जोखिममा परेको छ । खोला सेतुमारीतर्फ पसेर कटान तीव्र वनाएपछि खोला गाँउ पस्ने उच्च जोखिम बन्दै गएको स्थानीयहरुले बताएका छन् ।
चार दिनदेखि अविरल बर्षासंगै आएको बाढीले खोलाको बहाव पश्चिम तर्फ मोडिएपछि सिंगो गाँउनै उच्च जोखिममा परेको सञ्चारकर्मी समेत रहेका स्थानीय नगेन्द्रमणी न्यौपानेले वताउनुभयो । उहाँका अनुसार खोलामा गएराती आएको बाढीले खोलाले धार परितर्वत गरि सेतुमारीतर्फ पस्ने अवस्थामा पुगेको छ । खोलाले सेतुमारी नजिकैको चक्रपथ सम्म आइपुग्न लागेकाले फेरि बर्षा जारी रहे खोला गाँउ पस्ने अवस्थामा पुगेको उहाँले सुनाउनुभयो ।
बाढीले सिंगो वस्ती उच्च जोखिम बनाए लगत्तै आज नगरपालिकाले चेनल खनेर खोला सोझयाउने गरेको प्रयास मेसिन विग्रीएपछि असफल भएको थियो । आज राती खोलामा बाढी आए भने सिंगो गाँउ भित्र खोला पस्ने संभावना देखिएको स्थानीयको भनाई छ ।यसैवीच, खोला गाँउ पस्ने खतरा उत्पन्न भएपछि त्तत्काल रोकथामका कार्य शुरु गरिएको वडाध्यक्ष बोधराज न्यौपानेले वताउनुभयो ।
हाल खोलाबाट थप क्षति हुन नदिन अस्थायी रोकथामको काम भईरहेको र हिउँदमा स्थायी समाधान खोजिने उहाँले वताउनुभयो ।खोलामा आएको बाढीले त्यहाँका ६ विगाहा बढी क्षेत्रमा लगाईएको धानबालीमा समेत क्षति पुरयाँएको छ ।








प्रतिक्रिया राख्नुहोस्