तपाईँ सुन्दै हुनुहुन्छः

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । चितवनमा कोरोना (कोभिड १९)बाट संक्रमित थप एक पुरुषको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी पूर्व देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । पुरुषको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । गत भदौ २५ गते स्वास प्रश्वास तथा निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए । उनको भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button