गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण

पर्वत । गण्डकी प्रदेशमा आज बिहान ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान एक विज्ञप्ति प्रकाशित गरी ३ जिल्लामा ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ८ जना, तनहुँमा २ जना र स्याङ्जाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुर चितवन र चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सबै संक्रमितहरु परिक्षण गरिएका अस्पतालको अईसोलेसनमा रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यो सँगै गण्डकीमा सङ्क्रमितको सङ्ख्या ३ हजार २ सय ९१ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्