तपाईँ सुन्दै हुनुहुन्छः

पौडी खेल्दा डुबेर मृत्यु

रुपन्देही । पौडी खेल्ने क्रममा रुपन्देहीको देवदह नगरपालिका–३ स्थित हात्तीडाँडामा निर्माणाधीन सिँचाइको ड्याममा एक किशोरको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनौल नगरपालिका–७ बस्ने करिब १५ वर्षीय करण राना रहेका छन् । सिँचाइको ड्याममा पौडी खेल्ने क्रममा राना डुबेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल पजरकट्टीको टोलीले उनको शव सो ठाउँ नजिकै फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button