खोलाले बगाएर बेपत्ता राईको शव भेटियो

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकास्थित खहरे खोलाले बगाएर बेपत्ता भएका नेचासल्यान–४ फुर्केका भुईमान राईको शव फेला परेको छ ।
आइतबारदेखि बेपत्ता भएका ५५ वर्षीय राईको शव नेचासल्यान गाउँपालिकाको वडा नम्बर २ र ५ को सिमानामा पर्ने ठाडोे खोलमा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।
बिहीबार अपराह्न बगाएको स्थानबाट करिब एक घण्टाको पैदल दुरीमा शव भेटिएको हो । मृतक राईलाई गाउँपालिका–१ को ख्याम्पुबाट फुर्केस्थित घर फर्कने क्रममा खोला तर्ने क्रममा बगाएका थियो ।
लगातारको खोजीकार्याबाट राईको शव फेला परेपछि आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरी खटिएको बताइएको छ । केही दिनयता परेको लगातारको वर्षाका कारण खोलामा पानीको बहाव बढेको स्थानीयले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्