प्रदेश नं ५ : प्रदेशसभाको बैठक मङ्गलबार बस्ने
बुटवल – प्रदेश नं ५ प्रदेश सभाको छैठौं अधिवेशनको यही असोज ६ गते २५औंँ बैठक बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी प्रदेश सभाको छैठौं अधिवेशनको २५औं बैठक यही असोज ६ गते मंगलबार दिनको १ः०० बजे बस्ने जनाएको हो ।
मुलुकमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि प्रदेश सभाको बैठक सूचना टासेर स्थगित गरिएको थियो ।
यसअघि गत साउन १८ गते प्रदेश सभाको छैठाँै अधिबेशनको २४आँै बैठक बसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्