तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरामा तरकारीको मूल्य बढ्दा उपभोक्ता मार्कामा

डडेलधुरा  । कोरोना महामारीका कारण स्थानीय प्रशासनले लगाएको आंशिक निषेधाज्ञाको फाइदा उठाउँदै तरकारी व्यवसायीहरूले तरकारी र फलफूलको मूल्य एकाएक बढाएका छन् । 
प्रतिदिन मूल्य बढ्दा उपभोक्ताहरू मार्कामा परेका छन् ।  लकडाउनले उत्पादनमा परेको प्रभावका साथै पसलै पिच्छे तरकारीको मूल्य फरक–फरक छ । टमाटर प्रतिकिलो एक सय २०, तिते करेला प्रतिकिलो एक सय ३०, लौका र फर्सी प्रतिकिलो ८० घिरौँला प्रतिकिलो एक सय ४०, आलु र प्याज प्रतिकिलो ७० रुपैयाँ मूल्य पुगेको छ ।
 
स्थानीय  बजारमा दिन प्रतिदिन तरकारीको मूल्य फरक फरक हुने गरेको छ । लकडाउनका कारण बिक्री हुन नसक्दा गत चैत वैशाखमा कृर्षकहरूले लगाएको तरकारी खेतबारीमै कुहिएको कारण सोही समस्या दोहोरिने डरले कृर्षकले तरकारी नलगाउँदा बाहिरबाट ल्याउनु परेकोले तरकारी व्यवसायी हिमाल पन्तले बताउनुभयो ।
‘विगतका वर्षहरूमा तरकारीको मूल्य प्रतिकिलो २० र २५ रुपैयाँ हुने गरेकोमा यो वर्ष दोब्बर तेब्बर भएको छ । जिल्लामा उत्पादन छैन । बाहिरबाटै चर्को मूल्यमा खरिद गरेर ल्याउनुपर्छ ।तरकारी व्यवसायी जीवन पालले पहाडी जिल्लाबाट आएको तरकारी पनि तराईका जिल्लाबाट व्यापारीहरू आएर बढी पैसा दिएर लैजान्छन् । 
 
मौसमको कारणले तरकारी उत्पादनमा कमी आउँदा मूल्य बढेको कृषि ज्ञान केन्द्र डडेलधुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । भारतबाट तरकारी आउँदा भारतीय र स्थानीय तरकारीको प्रतिस्पर्धा हुन्थ्यो उहाँले भन्नुभयो—‘आजभोलि भारतबाट तरकारी नआउँदा बजारमा स्थानीय तरकारी मात्रै छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button