तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सङ्क्रमणका कारण थप चार जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप चार जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या तीन सय ८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले तीन जना महिला र एक जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा मोरङकी ६४ बर्षीया महिला, चितवनकी ३६ बर्षीया महिला, कैलालीकी ५७ बर्षीया महिलाको मृत्यु भएको हो भने काठमाडौँका ८७ बर्षीय पुरुषको मृत्यु भएको भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

Image may contain: text that says '१०.गत १०. गत २४ घन्टामा निधनको विवरण प्रदेश जिल्ला महिला (जना) प्रदेश ৭ ६४ वर्षिय महिला बागमती पुरुष (जना) 5७ बर्षिय पुरुष ३६ बर्षिय महिला ५७ बर्षय महिला मोरड काठमाडों चितवन सुदुरपस्चिम कैलाली जम्मा: ४ आजसम्म निधन हुनेको जम्मा संख्या: ३5३ हार्दिक समवेदना संक्कमितहुनेहरुबाट मृत्युको प्रतिशतमा: ०.६૪% ৭ ૧૧. अनुरोध कोरोना रोग र त्यसबाट श्रुजित समस्याबाट आफु पनि र अरुलाई पनि बचाऔं ~~धन्यबाद कोभिड-१९ को राष्ट्रिय अद्यावधिक विवरण। मिति: २०७७ आश्विन गते'

प्रतिक्रिया राख्नुहोस्

Back to top button