तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुरमा करेन्ट लागेर एक जना घाइते

तुलसीपुर ।  तुलसीपुरमा करेन्ट लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ प्रगतिसशिल टोल निवासी ३२ वर्षका श्याम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । 
डेकमा लाइन जोड्ने क्रममा करेन्टले झट्का दिँदा उछिट्टिएर रोटी पकाउँदै गरेको तेलको कराइमा पर्दा पिठ्युँ समेत जलेको बताइएको छ  । घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button