तपाईँ सुन्दै हुनुहुन्छः

‘विकास निमार्णका काम गुणस्तर एवं पारदर्शी हुनुपर्ने’

विराटनगर । प्रदेश न १ का सभामुख प्रदिप भण्डारीले भौतिक पूर्वाधार तथा विकास निमार्णका काम गुणस्तर एवं पारदर्शी हुनुपर्ने बताउनु भएको छ ।

प्रदेशसभा सचिवालय परिसरमा निमार्ण हुनु लागेको प्रदेश न १ को प्रदेशसभा भवनको आज शिलान्यास गर्नुुहँुदै उहाँले सम्झौता अनुसार तोकिएको मितिमा निमार्णको काम सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले भवनको शिलान्याससँगै प्रदेशसभा कहाँ बनाउने विषयको समेत टुुंगो लागेको बताउनुभयो ।

अब बस्ने प्रदेशसभा नयाँ भवनमा सञ्चालन गर्ने गरी काम अघि बढाउने विषयमा निमार्ण कम्पनीसँग सम्झौता भएकाले भोलिदेखि नै काम अघि वढाउनुुपर्नेमा उहाँले जोड दिनुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले आगामी बस्ने प्रदेश सभाको बैठकले प्रदेश न १ को नामाङ्कनको विषय टुङ्गो लगाउने दाबी गर्नुभयो ।

राजधानीको विषय टङ्ंगो लागिसकेकाले राजनीतिक दलको सहमतिमा प्रदेशको नामाङ्कनको विषय पनि टुङ्गो लाग्ने उहाँको भनाई थियो ।

उहाँले कोभिड–१९ नियन्त्रण तथा रोकथामसँगै प्रदेश सरकारले सावधानी अपनाउँदै विकास निमार्णका कामलाई उल्लेखनीय रूपमा अघि बढाई रहेको बताउनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले प्रदेश न १ मा उल्लेखनीय रूपमा भौतिक पुुर्वाधार तथा विकास निर्माणका कामले गति लिएको बताउनुभयो । उहाँले प्रदेश सरकारले थुप्रै पूर्वाधार निमार्णका कामलाई पूर्णता दिएको बताउनुभयो ।

कार्यक्रममा उपसभामुख सरस्वती पोखरेल, नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइराला प्रदेशसभा सदस्य जयराम यादव तथा प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले सम्झौता अवधिमै भवन निमार्णको काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

दुई करोड ५१ लाख रुपैयाँको लागतमा निमार्ण हुने सो भवन आगामी ६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको सचिव पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button