तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण

पर्वत । गण्डकी प्रदेशमा आज विहान थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १२ जना, बागलुङ र कास्कीमा ४/४ जना, गोरखामा २ जना र तनहुँमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका कास्कीको पोखरा महानगरपालिका १५ का २९ वर्षिय पुरुष र बागलुङको बागलुङ नगरपालिकाका तीनजना पुरुष भारतबाट आई क्वारेण्टाईनमा बसेका व्याक्ति हुन भने अरु सबै कन्टयाक्ट ट्रेसिङबाट पहिचान भएका व्याक्ति हुन् ।

स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार संक्रमित हुनेमा पुरुष १४ जना रहेका छन् भने महिला ९ जना रहेका छन् । योसंगै अहिलेसम्म गण्डकी प्रदेश भर कोरोना संक्रमति हुनेको संख्या ३ हजार २ सय १ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button