तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ४४ जना डिष्चार्ज

नेपालगन्ज । बाँकेमा आज थप ४४ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार १ सय ३२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

अब आइसोलेसनमा बाँकेमा ४ सय ६ र अन्य जिल्लाका ३ जना गरी ४ सय ९ जना छन् । बाँकेमा हालसम्म १ हजार ५ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । ८ जनाको भने मृत्युु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button