तपाईँ सुन्दै हुनुहुन्छः

ज्ञान र प्रविधिमा आधारित भएमात्र तीव्र रूपमा दिगो विकास सम्भव : प्रधानमन्त्री

काठमाडौँ । ‘स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने नाराका साथ आज आठौँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ ।

राष्ट्रिय विज्ञान दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिनुहुँदै ज्ञान र प्रविधिकोमा आधारित रहेर मात्र तीव्र रूपमा दिगो विकास सम्भव हुने बताउनुभयो ।

उहाँले दिगो विकासका लागि वैज्ञानिक प्राविधिक एवं नव प्रतिभाहरूले आफ्नो आविष्कार वैज्ञानिक अनुसन्धान र प्राविधिक प्रतिभाको प्रवर्द्धन हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आंकाक्षाको  पूर्णताका लागि सबै क्षेत्रका वैज्ञानिक अनुसन्धानदाता र प्राविधिक क्षेत्रका प्रतिभाहरूलाई देश निर्माणको महा–अभियानमा सहभागी हुन पनि प्रधानमन्त्री ओलीले आह्वान गर्नुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button