तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मीहरु माथिको दुर्व्यवहार अन्त्य गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । ‘सुरक्षित स्वास्थ्यकर्मी स् सुरक्षित बिरामी’ भन्ने मूल नाराका साथ आज विश्व बिरामी सुरक्षा दिवस बनाइँदै छ ।

बिरामीको सेवामा समर्पित स्वास्थ्यकर्मीको सम्झनामा हरक वर्ष सेप्टेम्बर १७ का दिन विश्व बिरामी सुरक्षा दिवस मनाउने गरिन्छ ।

विश्व बिरामी सुरक्षा दिवसको अवसरमा एक सन्देश दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरू माथि हुने दुर्व्यवहार, भेदभाव र अवरोध जस्ता घटना हुन नदिई बिरामीको सेवा र सुरक्षा समुदायले महत्त्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्घको लडाइमा अग्रपक्तिमा सक्रिय रहेका स्वास्थ्यकर्मीहरू प्रति उच्च संझना व्यक्त गर्नुहुँदै स्वास्थ्यकर्मीहरुको उच्च प्रशंसा पनि गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button