तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा प्रहरीद्वारा भन्सार छली ल्याएको साढे एघार क्विन्टल चिनी बरामद 

जनकपुरधाम । धनुषा प्रहरीले अवैध रूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा एक जना व्यापारीको घरमा छापा मारेर साढे एघार क्विन्टल चिनी बरामद गरेको छ ।
विदेह नगरपालिकाको वडा नंं  १ ठाडी गाउँका किसुन पाण्डेको घरमा खानतलासी गर्दा ५० किलोको २३ बोरा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भएको छ ।
बरामद भएको चिनी मूल्य अन्दाजी ७९ हजार बराबरको रहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिनु भयो ।
बरामद चिनी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा आज बुझाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । भारतबाट भन्सार छलेर चिनी ल्याएको सूचनाको आधारमा ठाढी प्रहरी चौकीले चिनी बरामद गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button